प्रधानमन्त्रीको कतार भ्रमण स्थगित

34

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालको कतार भ्रमण स्थगित भएको छ । उनको अति कम विकसित मुलुकहरूको सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते कतार जाने कार्यक्रम स्थगित भएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्रीको कार्य व्यस्तताकाकारण कतार जाने कार्यक्रम स्थगित भएको जानकारी दिए ।

शर्माका अनुसार प्रधानमन्त्री नजाने भएपछी उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ नेपाली टोलीको नेतृत्व गर्दै कतार जाने भएका छन् ।

आगामी फागुन २५ गते हुनलागेको राष्ट्रपति निर्वाचनको बिषयलाई लिएर प्रधानमन्त्री दाहालले कतार भ्रमण स्थगित गरेको वालुवाटार स्रोत बताउँछ ।

यसैबीच परराष्ट्रमन्त्री विमला राई पौड्याल मानव अधिकार परिषद्को बैठकमा भाग लिन आइतबार स्विट्जरल्यान्ड भ्रमण पनि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा रोकिएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू