काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई व्यङ्ग गरेका छन् ।
मेलम्ची खानेपानीको पटक-पटक उद्घाटन गरिएको बारे व्यङ्ग्य गर्दै उनले एउटा मन कतिपटक जित्नुहुन्छ भन्दै प्रश्न गरेका छन्।
बालेनले फेसबुकमा लेखेका छन् ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नुहुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकिर्तिमान कायम गरेर।,’ मेलम्ची खानेपानीको हालसम्म पाँचपटक उद्घाटन भइसकेको बालेनले उल्लेख गरेका छन्।
‘मेलम्चीको पानी काठमाडौँ ल्याउने भनेर वि. स. २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरियो। त्यसको दुई वर्षपछि २०५७ सालमा आयोजनाको विस्तृत ईन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार भयो। तर सुरूङ खन्न सुरू गर्न पनि ११ बर्ष लगाएर २०६८ सालबाट मात्रै सुरूङ खन्न थालियो। त्यो ११ वर्षमा राजा ज्ञानेन्द्रको नेतृत्वसहित १३ पटक त प्रधानमन्त्रीहरू नै फेरिएका थिए,’ बालेनले लेखेका छन्, ‘मेलम्चीमा भएका कर्मचारीको थपघट र नियुक्तीको सूची त झन् निकै लामो बन्ला। मेलम्चीका नाममा अरबौँका गाडी किनिएका थिए। एउटा दुहुनो गाई जस्तो मात्रै भयो मेलम्ची खानेपानी आयोजना। तर काठमाडौँमा पहिलोपटक पानी झर्न त्यसको ९ वर्षपछि मात्रै सम्भव भयो।’
उनले सामाजिक सञ्जालमा लेखेका छन् –