प्रधानमन्त्रीलाई ४० बॅुदे ज्ञापनपत्र बुझाएर देशैभर प्रदर्शन गर्ने तयारिमा राप्रपा

5

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले आज सरकारलाई ज्ञापन पत्र बुझाउँदै छ। संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र सङ्घीयता खारेजीको माग गर्दै राप्रपाले आज सर कारलाई ज्ञापन पत्र बुझाउन लागेको हो।

राप्रपा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालसहित देशका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विभिन्न माग सहितको ज्ञापन पत्र बुझाउन लागेको हो।

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका साथै राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखेर प्रदर्शन गर्ने जनाएको छ ।

आज काठमाडौंमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, र्‍यालीसहित दबाबमूलक कार्यक्रम गर्ने तथा देशका सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू