काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल अस्पताल गएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग निर्धारित छलफल स्थगित भएको छ ।
प्रधानमन्त्री दाहालले शुक्रबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि कांग्रेस नेताहरूलाई बोलाएका थिए ।
प्रधानमन्त्री दाँतको उपचारका लागि अस्पताल गएर स्थगित भएको बैठक शनिबार बिहान साढे ८ बजे बालुवाटारमा बस्ने तय भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै संसद् अवरुद्ध गरिरहेको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकका सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच धकेलाधकेल समेत भएको थियो । शुक्रबारको प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।