प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार

11

(काठमाडौं) – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार उनको स्वास्थ्यमा उल्लेखनीय सुधार देखिएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै सेन्टरले भनेको छ, ’हाल सम्माननीयज्यू (प्रम ओली)को स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको व्यहोरा जानकारी गराइन्छ।’ अस्पतालका अनुसार प्रधानमन्त्रीलाई चिकित्सकको निरन्तर निगरानीमा राखिएको छ ।

गत मंगलबार प्रधानमन्त्री ओलीको ’एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रिया गरी भेन्टिलेटरमा राखिएको थियो । स्वास्थ्यमा सुधार आएपछि उनलाई भेन्टिलेटरबाट हटाइएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो । परीक्षणमा उनलाई पेटमा संक्रमण देखिएपछि तुरुन्तै शल्यक्रिया गरिएको थियो ।

समाचार वर्गहरू