प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्दै

24

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

समसामयिक विषयमा प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजेपछि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। उनले वैशाखमा चुनावसमेत तय गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभामा पनि असंवैधानिक कदम भन्दै विरोध भैरहेको छ । यसैबीचमा उनले आज राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेका हुन् ।

समाचार वर्गहरू