प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालबाट डिस्चार्ज

11

(काठमाडौं) – प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुधबार ग्रान्डी इन्टरनेसनल हस्पिटल भर्ना भएका प्रधानमन्त्री ओलीको २ पटकसम्म मिर्गौलाको डायलाइसिस गरिएको थियो ।

बुधबार दिउँसो र बिहीबार बिहान गरी २ पटक उनको डायलाइसिस गरिएको हो । उनी बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएर सरकारी निवास बालुवाटार गएका हुन् ।

अस्पतालबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले आफू ठीक रहेको प्रतिक्रिया दिएका छन् । तेस्रो चरणमा समेत उनको डायलाइसिस गर्नुपर्ने र विषयमा चिकित्सकहरूबीच परामर्श भइरहेको जनाएको छ ।

यसअघि ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ग्रान्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले बिहीबार नै उनलाई डिस्चार्ज गरिने बताएका थिए ।

प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिन ग्रान्डी अस्पतालले बिहीबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको अवस्था अहिले सामान्य रहेको बताइएको थियो ।

समाचार वर्गहरू