काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २४ देखि लागु हुने बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरेकी छन् । शर्मा अहिले नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति छन् ।
शुक्रबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा(५) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई प्रधान सेनापति पदमा नियुक्त गरेकी हुन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त हुँदैछ ।