प्रभु बैंकका सीईओ शेरचन, डीसीईओ पोख्रेल र चिफ रिस्क अफिसर श्रेष्ठ पक्राउ

102
अशोक शेरचन

काठमाडौं – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् । सीआईबी टोलीले उनलाई आइतबार पक्राउ गरेको हो ।

यसअघि सीआईबीले ११ कात्तिकमा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो ।

प्रभु बैंकका डीसीईओ मणिराम पोख्रेल पनि पक्राउ परेका छन् । आइतबार सीआईबीको टोलीले उनलाई अनामनगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट नियन्त्रणमा लिएको हो ।

बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि सीआईबीले कर्जा अपचलन सम्बन्धी मुद्दामा अनुन्धान गरिरहेको छ ।

यसैगरी प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठलाई पनि सीआईबीले पक्राउ गरेको छ । श्रेष्ठ लामो समय कर्जा अधिकृतका रूपमा कार्यरत थिए । बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त एक सातादेखि बिदामा छिन् । बाँकी उच्च व्यवस्थापनका कर्मचारीहरू भने साँझसम्म बैंकमै छन् ।

समाचार वर्गहरू