प्रमुख दलहरूको संयुक्त सरकार बनाऔं – बाबुराम भट्टराई

7
फाइल फोटो

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले संयुक्त सरकार गठन गर्नुपर्ने बताएका छन्।

पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण गर्नुपर्ने उनको भनाइ छ।

पूर्वप्रधानमन्त्री समेत रहेका उनले शुक्रबार सामाजिक सञ्जाल ट्विट्मार्फत् यस्तो प्रस्ताव अघी सारेका हुन् ।

‘गत आमचुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्नझन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताको निम्ति हितकर छैन । विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहित अस्थिरता, दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्त्वाकांक्षा, भूराजनीतिको निरन्तर दृश्यरअदृश्य दबाब, राज्यका स्थायी अंगहरूको क्षयीकरणरभ्रष्टीकरण आदि यसका प्रमुख कारण हुनसक्छन्, यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानुनमा आवश्यक सुधार, शान्ति प्रक्रियाका बाँकी कामको समापन गर्नु ठीक होला कि ?’

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू