प्राथमिकताका आधारमा बिदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी

25

(काठमाडौं)  – सरकारले विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ। नेपाल ल्याएपछि कहाँ कसरी ब्यबस्थापन गर्ने भन्ने बिसयमा सरकार लागिपरेको छ । त्यसको तयारीस्वरुप सरकार क्वरेन्टाइनको ब्यवस्थापनमा जुटेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विभिन्न मुलुकमा रहेका हजारौंको संख्याका नेपाली फर्कने इच्छा गरेकोले सबै प्रदेशमा ठूलो संख्यामा क्वारेन्टाइन ब्यवस्थापन गर्नु पर्ने देखिएको छ। कुवेतले मात्रै करिब तीन हजार नेपालीलाई काठमाडौं ल्याउन लागेपछि उनीहरूको ब्यवस्थापनका विषयमा सरकारले छलफल सुरु गरेको छ ।

कुवेत सँगै साउदी अरब र युनाईटेड अरब इमिरेट्स (युएई) ले पनि नेपाली फर्काउन आममाफी कार्यक्रम ल्याएका छन्। तत्काल फिर्ता प्रक्रियाका लागि उनीहरू त्यतातर्फ अग्रसर भएका हुन् ।

‘हामीले हाम्रा नागरिकलाई सुरक्षित रूपमा स्वदेश ल्याएर उनीहरूलाई क्वारेन्टाइनमा राखेर गाउँसम्म पुर्‍याउने गरी तयारी गर्न अन्तर मन्त्रालय छलफल अघि बढाइरहेका छौँ “। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘फर्काउने तय नहुँदासम्म कार्यरत मुलुकमै सुरक्षित रूपमा बस्नका लागि व्यवस्था मिलाइएको छ।’राष्ट्र एवं सरकार प्रमुख तह र आफूले समते सकमक्षीसँग टेलिफोन गरी त्यस्तो ब्यवस्था मिलाइएको उनले बताए।

नेपाल ल्याएपछि उनिहरुलाई स्थानीय तह, प्रदेश वा संघ कहाँ राख्ने भन्नेमा उनीहरूबीच विवाद रहेको एक अधिकारीले बताए।ठूलो स्रोतको उपयोग हुने हुँदा त्यसमा सबैको ध्ययान  गएकाले पनि समस्या उत्पन्न भएको एक अधिकारीले बताए । उपचार गर्न गएका र घुम्न गएका नेपाली समेत अन्तर्राष्ट्रिय उडान नहुँदा अलपत्र छन्

बिदेशस्थित नेपाली दूतावासहरूले नेपालीलाई फर्काउने विषयमा परराष्ट्र मन्त्रालयलाई लिखित जानकारी गराइसकेका छन् । तर, अझै निर्णय नहुँदा विदेशमा रहेका नेपालीलाई उत्तर दिन नसकेको गुनासो उनीहरूको छ।

‘नेपालीलाई प्राथमिकताका आधारमा फिर्ता ल्याउने छौं। व्यवस्थापनका लागि सरकारले योजना बनाइरहेको छ’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘स्थानीय तह, प्रदेश र संघ कहाँ कसरी कसरी राख्ने भन्ने विषयमा तय भएपछि फर्काइनेछ।’

विश्वका दुई सय भन्दा बढी मुलुकमा नेपाली भए पनि अधिकांश नेपाली युवा मलेसिया, कतार, साउदी अरब, युएई, कुवेत, बरहराइन, ओमन, लेबनन, इजरायल, अफगानिस्तान, जापान, दक्षिण कोरिया लगायतमा बस्छन् । सरकारी तथ्यांकअनुसार भारत लगायत बाहिरी मुलुकमा करिब  ६०लाख नेपाली बसोबास गर्छन् ।

समाचार वर्गहरू