प्रिन्सको अन्तर्राष्ट्रिय प्रतियोगितामा दोहोरो जित

20

काठमाडौं  – नेपालका उदियमान ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल दुवईमा जारी दुवई जुनियर ईन्टरनेशनल सेरिज २०१९ मा बिहिबार पुरुष एकल र मिश्रीत जोडी दुवै तर्फ जित निकाल्न सफल भएका छन् ।

अघिल्लो संस्करण्का विजेता प्रिन्सले यु १९ को एकल खेलको दोश्रो चरणमा दुवईका भर्नूकार्तिक भारथी मोहनलाई पराजित गरेका हुन् । दोश्रो बरियतामा रहेका प्रिन्सले पहिलो चरणमा वाई पाउँदै दोश्रो चरण प्रवेश गरेका थिए । प्रिन्सले बिना बरियताका मोहनलाई २१ – ८, २१ – १५ ले पराजित गरेका हुन् । अव उनले तेश्रो चरणमा दुवईका कृष्ण कुमार कौशिक संग प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै दाहाल मिश्रित जोडीमा पनि बिजयी हुदै अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन् । दाहालले दुवईमानै बसोबास गर्दै आईरहेकी नेपाल महेन्द्रनगरकी सानिया चन्दसंग मिलेर दुवईका नभान नजिव र कारोलिन कोल्कुहोओनलाई २१ – १४, २१ – १७ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका हुन् ।

समाचार वर्गहरू