फेरि प्रधानमन्त्री कार्यालयमै तानियो राष्ट्रिय अनुसन्धान विभाग

47

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमा फिर्ता ल्याएका छन् । गृह मन्त्रालय मातहत रहेको विभागले मन्त्रालयको कार्यविभाजन गर्ने क्रममा उनले प्रधानमन्त्री कार्यालयमा तानेका हुन् ।

लामोसमय गृह मन्त्रालयको मातहतमा रहेको अनुसन्धान विभागलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालयमा तानेका थिए । उनले अनुसन्धान विभागका साथै सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागलाई पनि प्रधानमन्त्री कार्यालयमा तानेका थिए ।

२०७४ मा ओलीले गरेको निर्णयको चर्को आलोचना भएको थियो । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले भने यी तीनवटै विभागलाई पुरानै मन्त्रालयमा फर्काएकी थिइन् ।

अनुसन्धान विभाग गृह मन्त्रालय र सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान अर्थ मन्त्रायमा फर्केका थिए । अहिले बालेनले पुन: अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमा लगेका छन् ।

समाचार वर्गहरू