काठमाडौं – बझाङमा हिमपहिरोमा परी एकजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्। यार्सा संकलन गर्दै गर्दा भएको उक्त घटनामा दुईजना घाइते भएकाे प्रहरीले जनाएकाे छ।
यार्सा संकलन गर्ने क्रममा आइतबार जिल्लाको सुर्मा गाउँपालिका-२ को धानसेरा भन्ने लेकमा हिमपहिरोमा परी सुर्मा गाउँपालिका-३ का ३८ वर्षीया रामकोइलादेवी बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, ४० वर्षीय उनका श्रीमान् बाबजी बोहरा, जयपृथ्वी नगरपालिका-११ घर भएका १४ वर्षीय आकाश धामी घाइते भएका छन्।
जयपृथ्वी नगरपालिका-११ घर भएका १८ वर्षीया रमिता धामी र १४ वर्षीया जामती धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए।