काठमाडौं – नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले देश बचाउन शुभकामना दिएका छन् ।
शितलनिवासमा आयोजित शपथग्रहण समारोह पश्चात उद्घोषकले बधाई,सहित शुभकामना र फोटो सेसनका लागि आव्हान गरेका थिए ।
सोक्रममा पौडेलले कार्कीलाई हातले इसारा दिँदै भने- ‘बधाई छ, धेरैधेरै शुभकामना । देश बचाउनुस् ।’