बम विस्फोटन घटनामा संलग्न रहेको अभियोगमा एक पक्राउ

13

(उदयपुर) – बम विस्फोटन घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेस्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको भवनमा गत भदौ २ गते सिलिण्डर बम बिष्फोट भएको थियो ।

घटनामा संलग्न रहेको अभियोगमा उदयपुर गाईघाट बजार बस्ने रुकुम मुसिकोट नगरपालिका १४ घर भएका देहज भन्ने २१ वर्षीय हरि बहादुर विष्टलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त विस्फोटन भएको घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये विष्टलाई त्रियुगा नगरपालिका ३ बसपार्कबाट फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार वर्गहरू