(सर्लाही) – बसको ठक्करबाट सर्लाहीको बागमतीमा एक जनाको मृत्यु भएको छ । ग १ ख ८१४० नम्बरको बसले ठक्कर दिँदा बागमती नगरपालिका–२ धरहरा निवासी ५२ वर्षीय छोयाङ दोर्जे लामालाई ठक्कर दिएको हो । बसको ठक्करबाट लामाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
नयाँ रोड मधुवनी सडकखण्ड अन्तर्गत सडकमा हिँडिरहेको अवस्थामा पछाडिबाट बसले लामालाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।