बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

24

नेपालगञ्ज – कोरोना भाइरसको संक्रमणबाट बाँकेमा उपचाररत थप दुई जनाको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत कोहलपुरका ३८ वर्षीय पुरुष र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दाङकी १५ वर्षीया बालिकाको मृत्यु भएको हो ।

भेरी अस्पतालमा उपचारको क्रममा कोहलपुर नगरपालिका–९ पिपरीका ३८ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि गत असोज १३ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भई परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो ।

उनलाई स्वास्थ्यमा थप समस्या भएपछि शिक्षण अस्पतालले गएराति १० बजे भेरी अस्पतालमा पठाएको थियो । अस्पताल पुगेको एक घण्टामै उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

दाङको घोराही उपमहानगरपालिका-३ निवासी १५ वर्षीय किशोरको शिक्षण अस्पताल कोहलपुरमा गएराति मृत्यु भएको हो । घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा शुक्रबार राति करिब नौ बजे मृत्यु भएको हो ।

निमोनियाबाट ग्रसितको अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको श्रेष्ठले  जानकारी दिए ।

समाचार वर्गहरू