बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै

120

काठमाडौं – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज संसदबाट विश्वासको मत लिने भएका छन् ।

हेटौडास्थित प्रदेश सभा बैठकमा दिउँसो ४ः०० बजे उनले विश्वासको मत लिन लागेका हुन् । गत साउन २० मा कांग्रेस–एमालेका ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँलाई एक सातामा नै विश्वासको मत लिन लागेका हुन् ।

बाग्मती प्रदेशसभाको १ सय १० सदस्य मध्ये सरकार बचाउनका लागि बानियाँलाई कम्तीमा ५६ सांसदको समर्थन चाहिन्छ तर यसअघि आफ्नै पार्टीका बहादुर लामालाई हटाएर मुख्यमन्त्री भएका बानियाँले लामा पक्षधरका १४ जनाको विश्वास जित्नु अनिवार्य छ । यदि, लामा पक्षधर १४ सांसदले मत हालेनन् भने उनको सरकार एक सातामा ढल्नेछ । र, नयाँ पक्रिया सुरु गर्नु पर्ने हुन्छ ।

अझैसम्म असन्तुष्ट रहेका लामा पक्षधरलाई मनाउने जिम्मा सभापति शेरबहादुर देउवाले लिएका छन् । स्राेतका अनुसार देउवाको निर्देशन पछि लामा पक्षधर सांसदले मत हाल्ने विश्वास बानियाँको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकारको नेतृत्व गरेका बानियाँले आज नेपालको संविधानको धारा १६८ उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेका हुन् । उनले कम्तीमा ३० दिन भित्र मत लिन पाउने ब्यवस्था भए पनि नियुक्ति भएको ७ दिनमा उनले यो प्रयास गरेका हुन् ।

समाचार वर्गहरू