बागमतीको मुख्यमन्त्री बने बहादुरसिंह लामा

62

काठमाडौं – बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मंगलबार नेपाली कांग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

उनले मंगलबार दिउँसो एमालेको समर्थनमा प्रदेश प्रमुख शर्मा समक्ष मुख्यमन्त्रीमा दावी पेस गरेका थिए। त्यसलगत्तै मंगलबार साँझ प्रदेश प्रमुख शर्माले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

१२ वटा मन्त्रालय रहेको बागमतीमा मुख्यमन्त्रीसहित ७ वटा मन्त्रालयमा कांग्रेसले प्राप्त गरेको छ। यद्यपि हालसम्म कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने बारे भने टुंगो लागेको छैन। उता एमालेको भागमा परेको ६ वटा मन्त्रालयको भन्ने टुंगो लागिसकेको छ।

भोलि बिहान ११ बजे नव नियुक्त मुख्यमन्त्री र मन्त्रीहरूलाई शपथ ग्रहण गराउने तयारीमा प्रदेश प्रमुखको कार्यालयको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू