बागमती प्रदेशकी उपसभामुखलाई कोरोना संक्रमण

25

हेटौंडा – बागमती प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण देखिएको छ ।

हेटौंडा उपमहानगरपालिका–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपसभामुख तामाङसहित उहाँका छोरामा संक्रमण पुष्टि भएको हो ।

नुवाकोट दुप्चेश्वर गाउँपालिका–६ का वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङको क्रममा उपभासमुख तामाङको स्वाब परीक्षण गरिएको थियो ।

संक्रमण पुष्टि भएपछि उपसभामुख तामाङ हेटौंडामा रहेको सरकारी आवासमा सेल्फ आइसोलेसनमा रहेको स्वकीय सचिव एलिशा थापाले बताइन् ।

समाचार वर्गहरू