बागमती प्रदेशमा मन्त्रालय संख्या घटाउने पहिलो निर्णय

38

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार पदभार ग्रहण गर्दै मुख्यमन्त्री जम्कट्टेलले मन्त्रालयको संख्या घटाउने पहिलो निर्णय गरेका छन्।

त्यसका लागि प्रदेश सरकारका मुख्य सचिवको संयोजकत्वमा १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी पाँच सदस्यीय कार्यदल बनाइएको छ। हाल बागमती प्रदेशमा मन्त्रालयको संख्या १४ रहेको छ।

‘मन्त्रालय र मन्त्रीहरूका संख्या घटाएर सरकारको खर्च भार घटाउने र सुशासन र समृद्धिको दिशामा अघि बढ्ने मेरो लक्ष्य छ’, मुख्यमन्त्री जम्कट्टेलले भने। मुख्यमन्त्री जम्कट्टेलले पुस मसान्तभित्र संघीय सरकारमा पठाउनुपर्ने विशेष र समपूरक आयोजनाको विवरण पठाउने दोस्रो निर्णय गरेका छन्।

उनलाई एमालेका ३७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीका २ जना प्रदेशसभा सदस्यको समर्थन छ। ११० सिट रहेको बागमती प्रदेशमा सरकार बनाउन ५६ सिट आवश्यक पर्छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू