बाढीपहिरोबाट कोशीमा ४९ सहित ५२ जनाको मृत्यु, ६ हजार विस्थापित

87

काठमाडौं – अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी प्रदेशका मृत्यु हुनेको संख्या ४९ पुगेको छ । १७ जना घाइते भएका छन् । देशभर ५२ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोमा परी इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ । १ जना अझै बेपत्ता छन् । मृतक मध्ये १३ जना पुरुष र १४ जना महिला र ३ जना बालक र ७ जना बालिका छन् । इलाममा १ जना पुरुष बेपत्ता छन् ।

प्रहरीका अनुसार बाढी र पहिरोमा परी पाँचथरमा २ जनाको मृत्यु भएको छ । शनिबार भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । बाढीमा परी उदयपुरमा २ जना र खोटाङमा २ जनाको मृत्यु भएको छ।

बाढीमा बगेर मोरङमा १ जना महिलाको मृत्यु भएको छ । झापामा एक जना पुरुषको शव फेला परेको छ ।

बाढीका कारण ६ हजार बढी परिवार विस्थापित भएका छन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापामा ५ हजार ४२५ घरपरिवार विस्थापित भएका छन् ।

मोरङमा ३८६ घरपरिवार, सुनसरीमा ४५ घर, धनकुटामा ६ घर, उदयपुरमा ३ घर र खोटाङमा ३ घरपरिवार विस्थापित भएका छन् । रासस

समाचार वर्गहरू