बाढीपहिरो पीडित १ सय ४ परिवारलाई सहयोग

30

सिन्धुपाल्चोक – अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट पीडित भएकाहरुलाई भोटेकोशी गाउँपालिकाको समन्वयमा राहत सहयोग गरिएको छ । गाउँपालिकाको वडा नं. १,२, ३, ४ र ५ नम्बर वडाका एक सय ४ परिवारलाई सिरक म्याट सिरानी लगायतका सामाग्री सहयोग गरिएको हो ।

विभिन्न व्यक्ति तथा संस्थाको आर्थिक सहयोगबाट संकलन भएको रकमबाट गाउँपालिकाले सामग्री खरिद गरि पीडितहरुलाई आज वितरण गरिएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।उनका अनुसार पीडितहरुलाई ब्लांकेट ६० थान, सिरक एक सय थान, म्याट एक सय थान र सिरानी दुई सय थान प्रदान गरिएको छ ।

गाउँपालिका अध्यक्ष पौडेलका अनुसार सिन्धु प्रवासी चिनियाँ व्यापार सँघले एक सय थान म्याट उपलब्ध गराएको थियो । त्यस्तै हङकङ निवासी पासाङ डिक्की शेर्पा, खेन्पो कमल भण्डारी, ह्योल्मो समाज, लिस्ती इन्भेष्टमेन्ट ग्रुप, मुसा ट्रान्सपोर्टलगायतले आर्थिक सहयोग गरेका थिए । प्राप्त सामाग्री गाउँपालिका अध्यक्ष पौडेलले बाढीपहिरोले पूर्ण क्षति गराएका पीडितहरुलाई वितरण गरेका थिए ।

त्यस्तै भोटेकोशी गाउँपालिका २ का पीडित कामी शेर्पालाई अध्यक्ष पौडेलले व्यक्तिगत रुपमा नगद २५ हजार रुपैयाँ सहयोग गरेका हुन् । शेर्पाको घर पूर्ण रुपमा भत्केको थियो । घरमा शेर्पाका दम्पती मात्रै छन् । कमाई गरेर पाल्ने कोही नभएकाले व्यक्तिगत रुपमा सहयोग गरेको अध्यक्ष पौडेलले मध्यबिन्दु अनलाइनलाई जानकारी दिए ।

समाचार वर्गहरू