मध्यबिन्दु/काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य वामदेव गौतम उपाध्यक्ष भएका छन् । आइतबार केन्द्रीय कमिटी केन्द्रीय कमिटी बैठकबाट बिधान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएसँगै गौतम उपाध्यक्ष बनेका हुन् ।
गत साउनमा नै नेकपा सचिवालयले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो ।
कतिपय केन्द्रीय कमिटी सदस्यहरुले उपाध्यक्ष पद राख्ने हो भने सबै कमिटीमा राखिनुपर्ने माग गरे पनि नेकपाले तत्काललाई केन्द्रीय कमिटीमा मात्र उपाध्यक्ष पद राख्ने निर्णय गरेको हो ।