बारा २ को मतगणना आजै ९ बजेबाट सुरु हुने

5

काठमाडौं – प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ को मतगणना आजै राति ९ बजेबाट सुरु हुने भएको छ ।

मतपेटिका संकलनको काम अन्तिम चरणमा पुगेकाले आजै ९ बजे सर्वदलीय बैठक बसेर मतगणनाको काम अघि बढाइने जनाइएको छ ।

अहिले मतपेटिकाहरू मतगणनास्थलमा पुर्याउने कार्यहरु धमाधम भइरहेको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ३ को गंगानगरस्थित शैक्षिक तालिम केन्द्रमा मतगणनास्थल बनाइएको छ ।

सुरक्षाका लागि मतगणनास्थलको भित्री भागमा तारजाली लगाइनुका साथै सिसिटिभी जडान गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू