एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले सोमबार आफ्ना प्रशिक्षक क्विक सेटिनलाई बर्खास्त गरेको छ । बार्साले सोमबार एक विज्ञप्ति जारी गर्दै सेटिन पदमुक्त भएको जानकारी दिएको हो ।
च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बायर्न म्युनिकसँग ८–२ गोल अन्तरको लज्जास्पद हार ब्यहोरेको दुई दिनपछि बार्साले सेटिनलाई हटाइएको हो ।
बार्साले यसअघि दुई पल्ट लिग उपाधि दिलाउने एरनेस्टो भाल्भरेडेलाई पनि बर्खास्त गरेको थियो । भाल्भरेडेलाई बर्खास्त गर्दै सेटिनलाई टिमको जिम्मेवारी दिएको थियो ।
बार्सिलोनाले ६१ वर्षीय सेटिनलाई जनवरीमा मात्र नियुक्त गरेको थियो । पोर्चुगलको लिस्बनमा गत शुक्रबार राति बार्सिलोना बायर्नसँग ८-२ गोल अन्तरले पराजित भएको थियो ।
क्लबले केहि दिनमा नै नयाँ प्रशिक्षकको घोषणा गर्ने जनाएको छ । प्रशिक्षकका रुपमा पूर्व खेलाडी रोनाल्ड कोम्यानलाई प्रस्तुत गर्ने सम्भावना रहेको छ ।