बालकुमारी झडपमा घाइते दुई युवाको मृत्यु

2

काठमाडौं – रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा दुई युवाको मृत्यू भएको छ।

नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी कुवरे कडायतका अनुसार प्रदर्शनमा झडप हुँदा घाइते दुवै युवाको उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार दैलेखका सुजन रावत (वर्ष २३) र डोटीका वीरेन्द्र शाह (वर्ष २१) को उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रदर्शनमा उत्रिएका बेरोजगार युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए। गाडी पूर्णरुपमा जलेको छ। भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी जलाएका हुन्। मन्त्री सवार गाडी जलाएपछि अवस्था तनावपूर्ण हुँदा झडप भएको थियो।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू