बालेनविरुद्ध साइबर ब्यूरो जाने व्यक्तिकै प्रहरीमा उजुरी

109

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहविरुद्ध आज साइबर ब्यूरोमा उजुरी परेको छ ।

तर उजुरी दर्ता गर्ने नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ्गविरुद्ध पनि प्रहरीमा जाहेरी विचाराधीन अवस्थामा रहेको खुलेको छ । सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्रहत्या गरेको आरोपमा उनीविरुद्ध २०८१ माघमा जाहेरी परेको पाइएको हो ।

एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतसँग ‘लिभिङ टुगेदर’ मा रहेकी शोभा पाठकले गुरुङ्गसहित मंगल थापा, सुमन पुरीमाथि आफ्नो चरित्रहत्या गरेको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी थिइन् ।

पाठकले उनीहरुलाई तत्काल कारबाही गर्न माग गरेकोमा परिसरले कानुनबमोजिम गर्नु भन्दै साइबर शाखा पठाइदिएको थियो ।

समाचार वर्गहरू