काठमाडौं – सरकारले काठमाण्डौ बाहिरको चक्रपथ निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा बसेको लगानी बोर्डको ४० औँ बैठकले काठमाडौँ बाहिरी चक्रपथ परियोजनाका लागि ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’ योग्य देखिएकाले उक्त कप्ननीलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
बोर्डको बैठकले प्रस्ताव पेश गरी सर्ट लिष्टमा परेकामध्ये मापदण्ड र मूल्याङ्कनका आधारमा उक्त कम्पनीलाई जिम्मेवारी दिएको हो । अब ४५ दिनभित्र ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’ सँग विस्तृत प्रस्ताव मागिने बोर्डले जनाएको छ ।
त्यसैगरी बोर्डको बैठकले निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको परियोजना विकास गर्न ‘जुरिच एयरपोर्ट इन्टरनेशनल एजीलाई चयन गरेको छ । उक्त परियोजना विकास गर्न सातवटा कम्पनीले प्रस्ताव पेश गरेकोमा स्वीजरल्याण्डको जुरिच एयरपोर्टको स्वामित्वमा रहेको ‘जुरिच एयरपोर्ट इन्टरनेशनल एजीलाई जिम्मेवारी दिइएको हो ।