काठमाडौं – बिहीबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ । हिजो (बुधबार) छापावाल सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै बुधबार ७० हजार ५ सय रुपैयाँ प्रतितोला काम भएको तेजावी सुनको मूल्य आज ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । हिजो ८ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले वृद्धि भएको छ ।