बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील सुवेदी नियुक्त

25

काठमाडौं – नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिलदेव सुवेदी नियुक्त भएका छन् ।

राजुरमण पौडेलको पदाअवधि सकिएको लामो समयपछि प्राधिकरणले कार्यकारी निर्देशक पाएको छ । सुवेदीले ७७.१९४ अंक पाएर कार्यकारी निर्देशक बन्न सफल भएकोे प्राधिकरणले जनाएको छ ।

कार्य सम्पादन मूल्याकंनमा सबैभन्दा धेरै नम्बर प्राप्त गर्दै सुवेदीले प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी हात पारेका हुन् ।

कार्यकारी निर्देशक बन्न सुवेदीसहित कमल रेग्मी र पुजन ढुङ्गेल पनि प्रतिस्पर्धामा थिए ।अहिले प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि सूचना जारी भएर उम्मेदवार छनौटको क्रममा रहेको छ ।

 

 

null

समाचार वर्गहरू