बुटवलको कोरोना अस्थायी अस्पतालमा दुईको मृत्यु

22

रुपन्देही – बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भइसकेको थियो भने अर्काको रिपोर्ट आउन बाँकी छ ।

उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तुको कपिलवस्तु नगरपालिका-२ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको गएराति मृत्यु भएको हो ।

दुवै जनालाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षीय कृष्णकुमार गुप्तालाई कोरोना पोजिटिभ देखिएको थियो । डा. थापाका अनुसार ४२ वर्षीय व्यक्तिको कोरोनाकै कारण बिहान ४ बजे मृत्यु भएको हो ।

कपिलवस्तुका २५ वर्षीय युवालाई हिजो मात्रै प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि ल्याइएको थियो । २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

समाचार वर्गहरू