बैकिङ्ग कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

15

(ललितपुर) – बैकिङ्ग कसुर मुद्दामा फरार प्रतिवादी ललितपुरबाट पक्राउ परेका छन् । ललितपुर महालक्ष्मी नगरपालिका ईमाडोल बस्ने ४२ वर्षीय पञ्च महर्जनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७६ असार ८ गते फैसलाले बैकिङ्ग कसुर मुद्दामा ३ लाख ५० हजार रुपैयाँ जरिवाना र १० दिन कैद सजाय भई फरार रहेका उनलाई महालक्ष्मी नगरपालिका ४ ईमाडोलबाट प्रहरीले पक्राउ गरेको हो ।

महर्जनलाई कैद तथा जरिवाना असूलीको लागि जिल्ला अदालत ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

समाचार वर्गहरू