ब्रिगेड र संकटाको खेल बराबरीमा टुङ्गीयो

32

मध्यबिन्दु/काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत संकटा क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी)बीचको खेल गोलरहित बराबरीमा टुङ्गीएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सोमबार भएको पहिलो खेलमा संकटा र बीबीसीले बराबरी खेल्दै एक एक अंक बाँडेका हुन् ।

दुवै टिमले गोल गर्ने अवसर गुमाउँदा आजको खेल गोलरहित बराबरीमा टुंगिएको हो । खेलमा बीबीसीका गोलरक्षक विशाल सुनार म्यान अफ द म्याच घोषित भए ।

जारी लिगमा ७ खेल खेलेको संकटाले ९ अंक जोडेको छ भने समान ७ खेल खेलेको ब्रिगेड ब्वाइजले ८ अंक जोडेको छ ।

समाचार वर्गहरू