(बाग्लुङ) – बाग्लुङबाट भरुवा बन्दुर सहित चार जना पक्राउ परेका छन् । काठेखोला गाउँपालिका ५ फुर्सेमाटा बस्ने ३५ वर्षीय रमेश घर्ती लगायत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
भरुवा बन्दुक १ थान र सोही बन्दुकमा प्रयोग हुने बारुद ३ बोतल सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी बिहुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।