भारतस्थित नेपाली दूतावासले भन्यो– आपत परे सम्पर्क गर्नू

166

काठमाडौं – भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरूलाई सुरक्षित रहन अनुरोध गरेको छ ।

शुक्रबार दूतावासले एक सूचना जारी गर्दै भारतमा रहेका नेपालीलाई संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न पनि अनुरोध गरेको छ ।

त्यस्तै, आपतकालीन अवस्था आएमा नयाँदिल्लीस्थित राजदूतावास र नेपाली महावाणिज्य दूतावास कोलकातामा आवश्यक समन्वय र सहजीकरणका लागि सम्पर्क गर्नसमेत सूचनामा आग्रह गरिएको छ ।

 

समाचार वर्गहरू