भिटेन विरुद्ध अभद्र व्यवहारको मुद्दा

13

(काठमाडौं) – ललितपुरको झम्सिखेलबाट पक्राउ परेका अन्डरग्राउण्ड र्‍यापर तथा गायक भिटेन भनिने समीर लामाविरुद्ध प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएको छ । पछिल्लो गीत ‘हामी यस्तै त हो नि ब्रो’मा प्रयोग भएको शब्द र प्रहरीको बर्दीमा चुरोट तानिरहेको फोटो फेसबुकमा राखेको भन्दै महानगरीय अपराध महाशाखाको टोलीले भिटेनलाई बिहीबार बिहान पक्राउ गरेको हो ।

तर, भिटेनलाई पक्राउ गर्दा महाशाखाको टोलीले जरुरी पक्राउ पूर्जीको दुरुपयोग गरेको छ । जघन्य अपराधमा संलग्न आरोपी देश छोडेर भाग्न लागेको अबस्था अथवा प्रमाण नष्ट उद्दत रहेको परिस्थीतिमा मात्रै प्रहरीले अदालतको पूर्जी विनै पक्राउ गर्न सक्ने अधिकार मुलुकी संहिता ऐनले दिएको छ ।

भिटेनमाथि प्रहरीले लगाएको आरोप कुनै जघन्य अपराध भित्र पदैन् । मुलुकी संहिता ऐन अनुसार भिटेनलाई पक्राउ गर्नुअघि प्रहरीले अदालतको अनुमति लिनुपथ्र्यो ।

यसैबीच, उनको विवादीत गीत ‘हामी यस्तै त हो नि ब्रो’ युट्युबबाट समेत हटाईएको छ । उनीविरुद्द महानगरीय प्रहरी परिसर ललितपुरले जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारको मुद्दा दर्ता गरेको छ ।

भिटेन पक्राउको विषयमा सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ भने सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पनि भिटेन पक्राउमा प्रहरीको बचाउ गरेका छन् ।

समाचार वर्गहरू