भीमदत्तनगरको कागजातपत्र अख्तियारको नियन्त्रणमा

3

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिकाका कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

भिमदत्तनगर भित्रका १० वटा पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउँदा एक करोड रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित उजुरी दर्ता गराएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागज नियन्त्रणमा लिइएको छ् ।

कञ्चनपुरका पत्रकार खेम भण्डारीले महेन्द्रनगर स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयमा आइतवार उजुरी दर्ता गरेका थिए । प्रक्रिया नै मिचेर इन्जिनियरिङ परामर्शदाता कम्पनीको छनोट गरिएको र कानूनअनुसार डिपिआर स्वीकृत नहुँदै एक करोड रुपैयाँ भुक्तानी दिएर भ्रष्टाचार गरिएको भण्डारीले दावी गरेका थिए ।

नगरपालिकालाई पत्र काटेर आबश्यक कागजात नियन्त्रणमा लिइएको अख्तियारका सूचना अधिकारी चन्द्रकान्त बस्नेतले बताए । ‘संबेदनशील मुद्दा भएकाले कागजात नष्ट नहुन भनेर उजुरी परेको अर्को दिन नै आबश्यक कागजात नियन्त्रणमा लिइएको उनले बताए ।’

भिमदत्तनगर नगरपालिकाले, नेपाल सरकार भौतिक योजना मन्त्रालय स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको सडक पुल शाखाबाट डिपिआर स्वीकृत नगराई मल्ल एण्ड ग्रुप इन्जिनिजयरिङ कन्सलटेन्सीलाई कानुन विपरीत एक करोड रुपैयाँ भुक्तानी दिइएको पनि उनले दावी गरेका छन् ।

समाचार वर्गहरू