काठमाडौं – सरकारले सोलुखुम्बुबाट काठमाण्डुका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति बनाएको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानविन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरेको हो ।
बैठकले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ।
मन्त्री शर्माका अनुसार आजको बैठकले कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले वरियताका आधारमा लक्ष्मी कुमारी बस्नेतलाई नेपाल सरकारको सचिव पदमा निर्णय गरेको छ ।