मंगलबार थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि

19

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ४ हजार ५७४ जनाको पिसिआर परीक्षण गर्दा ३०३ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण गराउनेको कुल संख्या २० लाख ५२ हजार ६८७ पुगेको छ ।

मंगलबारसम्म देशभर संक्रिय संक्रमितको संख्या ३ हजार २ सय ५२ छ । यस्तै,१ सय २२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १३४ जना, भक्तपुरमा ७ र ललितपुरमा ३१ जनामा कोरोना भेटिएको छ ।

मंगलबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार १७ पुगेको मन्त्रालयले जनाएको छ ।

समाचार वर्गहरू