हेटौंडा – मकवापुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ ओखरेडाँडामा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाँइते भएका छन् । चन्द्रनिगापुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ३४३३ नम्बरको सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सुमो सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन नसकेको र घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
नौ जना सवार सुमोमा एक जना भने सकुसल रहेको जनाइएको छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।