मधेसका कांग्रेस सभापतिहरूले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

6

काठमाडौं – नेपाली कांग्रेस मधेस प्रदेशका जिल्ला सभापतिहरूले पार्टी सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर आपत्ति जनाएका छन्।

मधेस प्रदेशका बारासहित ६ जिल्लाका कांग्रेस जिल्ला सभापतिहरूले बुधबार पार्टी सभापति देउवालाई भेटेर मधेस प्रदेशमा गरिएको सिट बाँडफाँट र उम्मेदवार सिफारिसबारे लिखितरुपमै ज्ञापनपत्र बुझाएर आपत्ति जनाएका हुन्।

देउवालाई ज्ञापनपत्र बुझाउनेमा बाराका सभापति राजेश राय यादव, राैतहटका सभापति सुनिल कुमार यादव,सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह, महाेतरीका सभापति नागेश्वर यादव,सप्तरीका सभापति रामदेव साह र सिरहाका सभापति रामचन्द्र यादव लगायतका नेताहरु हुन्।

मधेसका कांग्रेस जिल्ला सभापतिहरूले गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा मधेसमा कांग्रेसले एकदमै कम सिट लिने सहमित गरेकाे समाचार विभिन्न मिडियाबाट आइरहेकाले यसले मधेसमा कांग्रेसलाई क्षति पुर्‍‍याउने भएकाले यसप्रति धयान दिन नेतृत्वलाई सचेत गराए।

जिल्ला सभापतिहरूसँग परामर्श र समन्वय नगरी टिकट वितरण गरिएमा त्यसले आागामी निर्वाचनमा पार्टीलाई हुने हानी नाेक्सानीकाे सम्पूर्ण जवाफदेही केन्द्रीय कार्यसमिति नै हुने चेतावनीसमेत उनीहरूले दिए।

समाचार वर्गहरू