मनसुनी विपदमा मृत्यु हुनेको संख्या २०९ पुग्यो, ३३ जना अझै वेपत्ता

129

काठमाडौं – अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय नौ जनाको पुगेको छ ।

गत असोज ११ देखि हाल (सोमबार) दिउँसोसम्म दुई सय नौ जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ । साथै ८९ जना घाइते र तीन हजार ४०१ जनाको सकुशल उद्धार गरिएको छ ।

गृहमन्त्रालयका अनुसार अझै पनि उद्धार कार्य चलिरहेको छ। उद्धार जारी रहँदा मृतकको संख्या अझै बढ्नसक्ने सम्भावना छ।

गृहमन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले सोमबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै ‘खोज तथा उद्धारको कार्य जारी रहेको’ र ‘खोज तथा उद्धारको कार्यलाई आवश्यकतानुसार सुरक्षा निकायहरुबाट निरन्तरता दिइएको’ जनाएका छन्।

सशस्त्र प्रहरी बलको तथ्यांकअनुसार मृत्यु हुनेमा काभ्रेमा मात्रै ५९ जना पुगेको छ। अझै चारजना बेपत्ता छन्। ललितपुरमा वेपत्ताहरू भेटिँदै जाँदा मृतकको संख्या २५ पुगेको छ। जहाँ अझै १२ जना हराइरहेका छन्।

समाचार वर्गहरू