‘ममाथि लगाइएको आरोपको निष्पक्ष छानबिन होस्’- गुरुङ

44

काठमाडौं –  नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सहकारी ठगीको विषयलाई लिएर आफूमाथि लगाइएको आरोपको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै पुर्व कनुनमन्त्री समेत रहेका गुरुङले सहकारी ठगीमा आफूमाथि गम्भीर आरोप लगाइएको भन्दै आरोपको छानबिन गर्न गृहमन्त्रालय र सम्बन्धित निकायलाई अनुरोध गरेका हुन् ।

सहकारी ठगीको अन्तिम प्रतिवेदन सदनमा प्रस्तुत हुन लागेका बेला आफूमाथि लागेको आरोपप्रति आपत्ति जनाउँदै उनले शीघ्र छानबिन गरेर टुङ्ग्याइनुपर्ने बताए । साथै उनले आफुमाथी हुने छानबिनमा पुर्ण रुपले सघाउन तयार भएको बताए ।

यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेस नेता धनराज गुरुङले सहकारीको रकम पचाउन नक्कली डिभोर्स गरेको आरोप लगाएका छन् ।

‘कति सजिलै सदनमा उभिएर प्रमाण छ भन्नुभएको छ । प्रमाण के हो भन्ने देखियो । नक्कली भुटानी पनि तपाईँ नै हो । नक्कली डिभोर्स गरेर सहकारी ठग्ने पनि तपाईँ नै हो । यी नक्कली मान्छेहरू हुन्,’ उनले भने, ‘सहकारीको पैसा पचाउन नक्कली डिभोर्स गर्ने, नक्कली नागरिक बनाएर विदेशमा बेच्ने नक्कली मान्छेहरू हुन् । राजनीतिका नक्कली अनुहारहरू हुन् । तिनको मुकुण्डो हामी उतार्छौँ ।’

समाचार वर्गहरू