मलेशियाबाट फर्किएका थिए सिरहाका पहिलो संक्रमित

26

(सिरहा) – सिरहामा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सखुवानन्कारकट्टी गाउँपालिका–१ का ३० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

उनी मलेशियाबाट फर्केका हुन् । यो संक्रमण पुष्टिसँगै प्रदेश २ का आठै जिल्लामा कोरोना संक्रमण फैलिएको छ । गत फागुन २८ गते मलेशियाबाट फर्केका ती युवक यसअघि पनि संक्रमित भई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरी निको भई फर्केका थिए ।

मलेशियाबाट फर्केर उदयपुरको गाइघाटमा सैलुन सञ्चालन गर्दै आएका उनलाई त्यहीबाट कोरोना संक्रमण भएपछि उपचारार्थ धरान लगिएको थियो । धरानबाट निको भई ती युवक पुन: सखुवानन्कारकट्टी गाउँपालिका–१ स्थित मौवाहीमा बस्दै आएका थिए ।

समाचार वर्गहरू