मलेसियाबाट उडेको नेपाल एयरलाइन्सको विमान भैरहवा विमास्थलमा

5
तस्बिर: सामाजिक सञ्जाल

काठमाडौं – नेपाल वायु सेवा निगमले मलेसिया-भैरहवा-काठमाडौं व्यवसायिक अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार मलेसियाबाट ३१ जना यात्रु बोकेर आएको जहाज अवतरण गराइएको छ।

मलेसियाको राजधानी क्वालालम्पुरबाट उडेको निगमको १५८ सिट क्षमताको न्यरोबडी विमान मंगलबार बिहान ८: ४५  बजे भैरहवा अवतरण भएको हो।

उक्त विमानको स्वागतका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आफैं भैरहवा पुगेका थिए। भैरहवामा यात्रुलाई छाडेर विमान काठमाडौंमा उड्नेछ। मलेसियाबाट घर फर्केका भैरहवा क्षेत्रका यात्रुहरु त्यहाँ ओर्लिएका हुन् भने बाँकी काठमाडौं आउनेछन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू