महिलामाथि प्रहरीको ‘दुर्व्यवहार’को भाइरल भिडियो, के हो वास्तविकता ?

92
तस्बिर : सामाजिक सञ्जालमा उपलब्ध भिडियोको स्क्रिनग्र्याब

काठमाडौं – केही दिनयता सामाजिक सञ्जालमा एउटा भिडियो एक महिलाको घाँटी थिचेको तस्बिर र भिडियो पोस्ट भएपछि नगर प्रहरी र नेपाल प्रहरीले अमानवीय व्यवहार गरेको भन्दै आलोचना भइरहेको छ ।

उक्त भिडियो दुहबी नगरपालिका-१० सिमरियाको हो । ऐलानी जग्गामा बनेका घर–टहरा हटाउने क्रममा एक महिलामाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरेको आरोप लागेपछि घटना विवादमा परेको छ ।

वैशाख २ गते बिहान भएको उक्त घटनालाई लिएर पीडित पक्ष र स्थानीयले ज्यादती भएको बताएका छन् भने नगरपालिका र प्रहरीले आरोप अस्वीकार गरेका छन् ।

स्थानीय ४५ वर्षीया रामकुमारी चौधरीले आफू १७ वर्षदेखि उक्त स्थानमा टहरा बनाएर बस्दै आएको र घर भत्काउने क्रममा नगर प्रहरी तथा नेपाल प्रहरीले आफूलाई बल प्रयोग गरी लछारपछार गरेको बताउँछिन् ।

सामान्य नागरिकमाथि दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा राज्यसंयन्त्रको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाइएको छ ।

समाचार वर्गहरू