महिला फुटबलमा नेपाल भारतसँग पराजित

21

(पोखरा) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपाल भारतसँग पराजित भएको छ ।

पोखरा रंगशालामा शनिबार भएको खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो ।

भारतलाई जित दिलाउन बालादेबीले निर्णायक गोल गरिन् । उनले खेलको १८ औं मिनेटमा गोल गरेकी हुन् ।

लिग चरणको अन्तिम खेलमा पराजित भएसँगै नेपाल दोस्रो स्थानमा रहेर फाइनल पुगेको छ । नेपालले कम्तिमा रजत पक्का गरेको छ ।

अब नेपालले स्वर्णको लागि भारतसँगै खेल्नेछ । स्वर्णकाे छिनाेफानाे पर्सि साेमबारकाे खेलबाट हुनेछ ।

महिला फुटबलमा माल्दिभ्सले कास्य जितेको छ ।

समाचार वर्गहरू