महिला फुटबल खेलाडीलाई खेल पोशाक प्रदान

17

(काठमाडौं) – राष्ट्रिय महिला फुटबल टिमलाई एन्फा केन्द्रीय समिति तथा महिला समितिको संयोजक रहेकी पेमा लामाले खेल पोशाक प्रदान गरेकी छिन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) टिममा रहेको खेलाडीलाई नेपाली राष्ट्रिय महिला टिम व्यवस्थापक समेत रहेकी लामाले नेपाली टिमलाई खेल पोशाक सहयोग गरेकी हुन् । लामाले टिमका सबै सदस्यलाई एक एक थान ज्याकेट सहयोग गरेकी हुन् ।

साग अन्तर्गत महिला फुटबलमा नेपाल फाइनल पुगिसकेको छ । राउण्ड रोविनको आधारमा जारी प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स र श्रीलंकाको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल र भारतको समान ६ अंक रहँदा माल्दिभ्स र श्रीलंकाले कुनै अंक जोड्न सकेका छैनन् ।

समाचार वर्गहरू